डाेटी/ डाेटी जिल्लाकाे बोगटान फुड्सिल गाउँपालिका-६ गगुडाबाट धनगढी सम्म बस सेवा सुरू भएको छ । साेमबार शैलेश्वरी यातायात प्रालिको सु.प.प्र ०१०००६ को ३४९० नम्बरको बस पहिलो पटक गगुडाबाट सुरू भएपछि स्थानीय खुसी भएका छन् ।
सहजपुर, बोगटान, दिपायल सडक खण्डको दिपायल देखि गगुडासम्म केही मात्रामा सडककाे स्तरउन्नती भएसँगै बस सेवा सुरू गरेकाे शैलेश्वरी यातायात प्रणाली डाेटीले जानकारी दिएकाे छ ।
पहिलो पटक बस गगुडा पुगेपछि स्थानीयले खुसी व्यक्त गर्दै यातायात प्रणालीका पदाधिकारीहरूलाई फूलमाला अबिर सहित स्वागत गरेकन छन् ।
पहिलाे पटक गाउँदेखि सहरसम्मका लागि बस सेवा सुरू भएसँगै स्थानीय खुसीले गदगद भएका छन् ।
यसअघि उक्त सडक खण्डको के.आई.सिंह गाउँपालिकाको तिखात्तर लेगगडा बस सेवा सञ्चालन हुँदै आएको थियोे ।











