दाेलखा/ दोलखा केन्द्रविन्दु भएर गएराति ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ। भुकम्प मापन केन्द्रकाअनुसार जिल्लाको लामिडाँडा आसपास केन्द्रविन्दु भएर राति ११ः३० बजे ४.५ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।
भूकम्प दोलखाका छिमेकी जिल्लासँगै काठमाडौं उपत्यकामा समेत महशुस गरिएको थियो ।
यसअघि खोटाङको कुबिण्डे भन्ने स्थानलाई केन्द्र बनाएर असोज २८ गते राति राति १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।











