धनगढी / सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जनाको मृत्यु भए संगै प्रदेशभरमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
सेती प्रादेशिक अस्पलातमा उपचाररत कोरोना संक्रमित ५७ बर्षिया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ स्थायी घर भएकी महिलामा गत भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार भईरहेकी निज मृतक संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार समेत उपचार भई रहेको थियो । बुधबार साँझ उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।