युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कास्की । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा पक्राउ पर्नुभएका लामिछानेसँग कास्की प्रहरीले बयान लिन सुरु गरेको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीमा ठगी र सङ्गठित अपराध अभियोगमा प्रहरीले अनुसन्धान गरिरहँदा रास्वपाले भने आन्दोलन गर्न थालेको छ । शुक्रबार जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरी शनिबार पोखरा ल्याएको हो ।

चितवनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका लामिछानेलाई आइतबार अदालतले छ दिन म्याद थपेको थियो । सूर्यदर्शनको एक अर्ब ३५ करोड अपचलन र सङ्गठित अपराधमा अनुन्धान जारी रहँदा रास्वपाले गरेको प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ ।

अदालतले म्याद थप गरी अनुसन्धान जारी रहँदा रास्वपाले गरेको प्रदर्शनको आलोचना भएको छ । नागरिक अधिकारकर्मी रामबहादुर पौडेल अदालतमा प्रवेश गरिसकेको विषयलाई प्रभावित गर्न राष्ट्रिय राजनीतिक दलले लगातार विरोध प्रदर्शन र दबाब दिनु अनुचित भएको टिप्पणी गर्नुहुन्छ । “अदालतलाई प्रभाव पार्ने गरी काम गर्नु कानुनसम्मत होइन । यो कदम गलत छ । सरकारको विरोधै गर्ने भए पनि सडक अवरुद्ध गर्ने, नागरिकलाई दुःख दिने कुरा गर्नु हुँदैन,” उहाँ भन्नुहुन्छ ।

आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहिदचोक आसपासका क्षेत्र र जिल्ला प्रहरी कार्यालय गैह्रापाटन आसपासका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गर्नुभएको छ ।

यी क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति  भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा गर्न निषेध गरिएपछि रास्वपाले विरोध प्रदर्शन स्थल परिवर्तन गरेको छ । रास्वपाले मङ्गलबार जिरोकिमीमा विरोधसभासहित र्‍याली निकालेको छ ।

बुधबारसम्म लामिछानेको अनुसन्धान सकिने सम्भावना देखिँदैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया लामिछानेसँग बयान लिन सुरु गरिएको जनाउँदै बुधबारै अनुसन्धान सकिने सम्भावना नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उहाँसँग सोमबारबाट बयान लिन थालिएको छ । केही दिन लाग्ला । अनुसन्धानका लागि आवश्यक परे म्याद थपका लागि बिहीबार अदालत लैजान्छौँ ।”

रास्वपाको आन्दोलन जारी रहँदा पोखराका पर्यटन व्यवसायी भने चिन्तित छन् । पर्यटकीय सिजनको सुरुवातमै लगातार आन्दोलन र प्रदर्शनले नकारात्मक सन्देश जाने र तङ्ग्रिन लागेको पर्यटन क्षेत्रमा असर पर्ने उनीहरूको चिन्ता छ । होटल सङ्घ पोखरा अध्यक्ष लक्ष्मण बराल आन्दोलनमा आएका नेता, कार्यकर्ताले होटलको व्यापार थोरै बढे पनि आफूहरू यस खालका गतिविधिको पक्षमा नरहेको टिप्पणी गर्नुहुन्छ ।

अर्का पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठ पनि राजनीतिक पार्टीले गर्ने आन्दोलनले पर्यटन राजधानी असुरक्षित छ भन्ने सन्देश जाने हो कि भनी व्यवसायी चिन्तित बनेको उल्लेख गर्नुहुन्छ ।गाेरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय