काठमाडौं / सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्ध प्रसाद सिंहको निधन भएपछि भोली देशभरको अदालत विदा गर्ने निर्णय गरेको छ ।
सिँहको निधनमा शोक मनाउदै विहिबार एक दिन देशभरका अदालतमा बिदा दिने बुधबार बसेको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको हो ।
सप्तरी जिल्लामा १९७६ सालमा जन्मिएका सिंहले २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए । विसं २००३ देखि सरकारी सेवामा बडाहाकिम पदबाट सिंहले सेवा प्रारम्भ गरेका थिए ।