सिलगढी / नेपाल प्रहरी प्रधान कार्यालयले डाेटीकाे दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीलाई प्रसंशा पत्र प्रदान गरेकाे छ ।
६९ ओैं प्रहरी दिवस २०८१ काे अवसरमा प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हस्ताक्षर गर्दै अध्यक्ष मलासीलाई प्रसंसा पत्र प्रदान गरेकाे हाे ।
“सत्य सेवा सुरक्षणम्” को आदर्श वाक्य बोकेको नेपाल प्रहरी सङ्गठनको सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउने हेतु शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणको लागि महत्वपूर्ण सूचनाहरु प्रदान गरी पुऱ्याएकाे योगदानको कदर स्वरुप अध्यक्ष मलासीलाई पत्र प्रदान गरेकाे प्रहरी प्रदान कार्यालयले जनाएको छ ।
प्रहरी दिवसकाे अवसरमा आफूले प्रसंसा पत्र ग्रहण गर्दा थप उत्प्रेणा मिलेकाे अध्यक्ष मलासीले बताए । आगामी दिनमा पनि आफू जनप्रतिनिधिकाे नाताले पनि प्रहरीसँग समधुर सम्बन्ध कायम राख्ने छु, उनले बताए ।











