सिलगढी / डाेटीमा एक सिलाइ सेन्टरकाे पसलमा आगलागी हुँदा ४ लाख बराबरको क्षति भएकाे छ ।
गएराति करिव १२ बजेकाे समयमा जिल्लाकाे के.आई. सिंह गाउँपालिका वडा नं. ४ वायल बजार स्थित साेही ठाउँ लेककोट बस्ने सिद्ध भुलले संचालन गर्दै आएको देवी सिलाई सेन्टरमा आगलागी हुँदा रू ४ लाख बराबरकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
बिजुलीको तार सर्ट हुन गई आगलागी हुँदा पसल भित्र रहेका लत्ताकपडा, काठका फर्निचर, सिलाई मेसिन ४ थान, भाँडाकुँडाहरु र ग्याँस सिलिण्डर १ थान जली नष्ट भएको डाेटीका प्रहरी प्रमुख उपरीक्षक विनाेद शर्माले बताउनुभयो ।
उक्त आगलागीलाई राती १ बजेकाे समयमा प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएकाे डाेटी प्रहरीले जनाएको छ ।











