मनमाेहन ठकुल्ला, डाेटी
लक्ष्यित तथा पछाडि परेका दलित समुदायकाे जीवन स्तर उकास्नकाे लागि सम विकास केन्द्र ( इडिसी) डाेटीले जिल्लाकाे के. आई. सिह गाउँपालिका वडा नम्बर १ डुम्राकाेट बाउजेलामा बाख्रा वितरण गरेकाे छ ।
आज (आइतबार) डिसिएकाे आर्थिक सहयाेग तथा गाउँपालिकाकाे समन्वयमा संस्थाद्वारा सञ्चालित उपहार कार्यक्रम अन्तर्गत बाउजेलाका प्रति परिवार ४ बाख्राका दरले २५ घरपरिवारलाई स्थानीय जातका १ सय वटा बाख्रा वितरण गरेकाे हाे ।
“समतामूलक समाजकाे निर्माण, हाम्राे अभियान” भन्ने मूल नाराकासाथ पछाडि परेका तथा विपन्न वर्गहरूकाे जीविकाेपार्जनमा जाेड दिन बाख्रा वितरण गरेकाे संस्थाका कार्यकारी निर्देशक महेश परियारले बताए ।
साथै बाख्रापालनबाट परिवारमा आर्थिक आयस्रोत दर्बिलाे हुने लक्ष्यित समुदायका महिलाहरूले बताएका छन् । संस्थाबाट आफूले प्राप्त गरेकाे बाख्रा पालताल गरेर अगाडि बढ्ने इन्द्रा देवी लुहारले बताइन् । बाख्रापालनबाट घरपरिवारकाे आयस्रोत राम्रो हुने र छाेराछाेरीलाई पढाउन सहज हने आफूमा चेतना फैलिएकाे चनरी देबी लुहारले बताइन् । उनले भनिन्,” महिला पनि अगाडि बढ्न सक्ने रहेछन्, तथापि महिलाले केहि गरेर खाएपछि छाेराछाेरी पढाउन सक्ने रहेछन् ।” संस्थाले आफ्नो आयस्रोतमूलक कार्यकाे थालनीकाे सुरूवात गरेकाे उनले बताइन् । चनरी भन्छिन्,” आज चार बाख्रा दिएरकाे छ, भाेलिपर्सि बढ्दै जालान र फाइदाकाे अपेक्षा पनि गरेकी छु, खुसी छु।”
गरिब निमुखाहरू उपहार स्वरूप बाख्रा वितरण कार्यक्रमबाट लाभान्वित हुने के आई सिह गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लाेकेन्द्र बहादुर शाहिले बताए । अध्यक्ष शाहीले भने,” दलित र गरिब समुदायले बाख्रापालनबाट आफ्नो आयआर्जन गर्न सक्छन् , लालनपालन गरे बाख्रापालनबाट महिलाकाे जिविकाेपार्जनमा सुधार आउँछ ।” अध्यक्ष शाहीले पछाडि परे, गरिब भए, भनेर निरास भएर नबस्न उक्त दलित समुदायका महिलाहरूलाई अनुराेध गरेका छन् ।
कार्यक्रममा बाेल्दै अध्यक्ष शाहीले थपे,” व्यवसायीक रूपले जेसुकै कामकाे थालनी गरे पनि महिला अगाडि बढ्न सक्छ, बाख्रा पायाे भन्दैमा काटेर नखानु पालेर भाेलि ४ काे आठ हुने गरी पालेर अघि बढ्नु ।” साथै बाख्रा बिरामी भएमा गाउँपालिका पशुकार्यालयमा सम्पर्क गर्न उक्त दलित समुदायका महिलाहरूलाई अपिल गरे ।
वडाकाे समन्वयमा तथा प्रविधिक सहयाेगमा इडिसीले वितरण गरेका सम्पूर्ण बाख्रालाई पिपिआर खाेप लगाउने सहमति भएकाे संस्थाले जनाएको छ ।
कार्यक्रम सञ्चालन सम विकास केन्द्र इडिसी डाेटीका निवर्तमान अध्यक्ष अधिराज बिसीले गर्नुभएकाे थियाे भने कार्यक्रममा गाउँपालिका तथा वडा जनप्रतिनिधि, स्थानीय, संस्थाका सम्पूर्ण प्रतिनिधि तथा जनसमुदायकाे बाक्लो उपस्थित रहेकाे थियाे ।











