कैलाली / कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन्।
कैलाली प्रहरीका अनुसार घाइते हुनेमा गोदावरी नगरपालिका–३ का
१० वर्षीय बालक मानव भट्टराइ रहेका छन्। उनको खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते बालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।
अत्तरियाबाट खमौरातर्फ गइरहेको गोदावरी–३ का पारस देउवाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००प०ज्ञ०२४१२१ नम्बरको मोटरसाइकलको ठक्करबाट बालक घाइते भएका हुन्।











