सिलगढी/ डाेटीमा स्कुलकाे छतबाट लडेर एक बालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार घाइते हुनेमा जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नं.४ पिपल्ला बस्ने कृष्ण बहादुर बुढाका ८ वर्षीय छोरा सुशान्त बुढा रहेका छन् ।
घाइते बालक आज ( बुधबार ) बिहान ८:२० बजेकाे समयमा साेही ठाउँ बेबीलोन स्कुलको एकतले भवनको छतमाथि खेल्ने क्रममा छत बाट लडेर गम्भिर घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईकाअनुसार घाइते बालककाे शैलेश्वरी अस्पताल दिपायलमा उपचार पश्चात थप उपचारको लागि धनगढी रेफर गरिएकाे बताउनुभयो ।











