मनमाेहन ठकुल्ला, डाेटी
डाेटी जिल्ला सदरमुकाम सिलगढीमा अढाई राेपनी जमिनमा व्यवसायिक रूपमा किवी खेती गरिदै आएकाे छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का स्थानीय हेम बहादुर मल्लले २०७३ सालदेखि जिल्लाकाे प्रसिद्ध धार्मिक तीर्थस्थल शैलेश्वरी मन्दिर अबस्थित आफ्नै घर अगाडि किवी खेति गर्दै आइरहनुभएकाे छ ।

करिव ८ वर्ष पहिले कृषि ज्ञान केन्द्रमार्फत जिल्लामा किवीका बाेटा भित्रीदै गर्दा तत्कालीन समयमा करिव ९ बाेटबाट किवी खेतीकाे थालनी गरेका मल्लसँग हाल वृद्धि भएर ४० बाेट रहेका छन् ।
हाल किवी फल्नथालेपछि वार्षिक २ लाख आमदानी हुँदै आएकाे किवी खेतीका किसान हेम बहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो,” किवी खेती थालनी गरेपछि ४ वर्षसम्म हुर्काउन लाग्याे, विस्तारै फल्दै गएपछि २ वर्ष भयाे, वार्षिक २ लाख आमदानी हुँदै आएकाे छ ।
उहाँकाअनुसार यस वर्ष किवीका नयाँ बाेट फल्न सुरू भएकाले ३ लाख जति आम्दानी हुने अनुमान गरेकाे बताउनुभयो ।
सुुरूवाती चरणमा करिव २ लाख लगानीमा विकी खेती गर्दै आएकाे मल्लले बताउनु भएकाे छ । वर्तमान समयमा २ राेपनी जमिनमा किवी खेती गर्दै आएका पनि किवी खेति बिस्तार गर्नकाे लागि ३ राेपनी जमिनमा थप बिस्तार गर्ने उहाँको भनाइ छ ।

वर्तमान समयमा किवी खरिद गर्नकाे लागि कैलालीबाट प्रायः धेरै आउने गरेकाे मल्लले बताउनु भएकाे छ । उहाँले भन्नुभयो,” किविले ड्याङ्गाेका बिरामीकाे लागि राम्रो रहेछ त्यहि भनेर आजभोलि बारीमा ग्राहक पुग्ने गर्छन् । “
उहाँकाअनुसार किवी खेति सम्बन्धी तालिम नलिइ पहिले आफ्नै अनुभवले विकी खेतीकाे बिस्तार गरेकाे बताउनुभयो । त्यसपश्चात धेरै पछि बजारमा आफै किवि खेती सम्बन्धी किताब खाेजेर अध्ययन गरी किवि फलाउन सुरू गरेकाे उहाँको भनाइ छ ।
हामीले उहाँलाई ‘बजारमा अन्य व्यापार गर्न छाेडेर किन किवी खेतीमा लाग्नुभयाे ?’ भन्दा उहाँले भन्नुभयो, ” मैले बजारमा किवी सुरूवात गर्नुकाे प्रमुख कारण भनेकाे जिल्लामा विकी खेती विस्तार हुँदै जाओस् भन्नकाे लागि हाे, अरूले पनि सिकेर गरून् भन्नकाे लागि सुरू गरे ।” साथै धेरै व्यक्तिहरूले किवी खेतिबारे आफूसँग साेधपुच्छ गरेर किवीकाे थालनी गरीरहेका बताउनुभयो ।

उहाँकाअनुसार किवी खेतीमा एकपटक लगानी लगाइसकेपछि खासै मेहनत नगर्नुपर्ने बताउनुभयो । मल्लले भन्नुभयो,” म कार्तिकमा मल हाल्छु, पुस र माघ महिनामा कटिङ गर्छु, मजाले फलिरहेकाे छ, पहिले अलि थाहा नभएर सुरूवाती चरणमा ३ बाेट मरे ।”
साथै किवीकाे पुरानाे बाेटामा समस्या नदेखिएको भएपनि नयाँ हाइब्रेडमा किरा लाग्ने समस्या देखा परेकाे बताउनुभयो ।

किवि खेतीकाे फेदिमा अन्य खेति नहुँने भएकाले दाेब्बर फाइदा र थप जमिनकाे उपयोगकाे लागि अर्काे वर्षदेखि अलैंची खेती बिस्तार गर्ने उहाँले बताउनुभयो ।












