युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डाेटीकाे पूर्वीचाैकी गाउँपालिकाका अधिकांश क्षेत्रमा जंगली जनावरले आतंक मच्चाएकाे छ । खेतीपाती भित्र्याउने समयमा पाक्न लागेकाे धानबाली, काेदाे लगायतका बर्खे बालिनालिमा ठूलाे क्षति गरेकाे किसानहरूले बताएका छन् । जंगली जनावर बँदेल, बादर, भालु, स्याल, चितुवा लगायतका जनावरले पशु चाैपाया र धानबालीमा माडेर नष्ट गरेकाे गाउँपालिकाका वडा नम्बर २ का किसानहरूकाे दुखेसो छ ।

खेतगडामा रातभरी जाग्राम बस्दा पनि जंगली जनावरले धानबाली, काेदाे खाएर सखाप पारेकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ का किसान नर बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो,” रातभरि खेतबारीमा जाग्राम बस्दा पनि बचाउन सकिएन, ६ पाथी खेतमा पराल समेत छैन् ।”

साथ‌ै उहाँका अनुसार प्रायः आजभोलि गाउँघरमा खेतीयोग्य जमिन बाँझाे रहेकाले जंगली जनावर खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा प्रवेश गरेर खेतीपातीमा ठूलाे क्षति पुर्‍याउने गरेकाे बताउनुभयो । उहाँले भन्नुभयो, ” गाउँमा खेतगडा बाँझा छन्, सबै गाउँमा बस्ने भारत पलाएन भएका छन्, काेहि तराइ बसाइँ गरेर उतैबसे खेतीयोग्य जमिन घारी बनेर जंगली जनावरको बास स्थान भयाे, त्याे कारणले पनि हाे किसानले खेतीपातीमा याे सास्ती भाेग्नु परेकाे ।” बताउनुभयो ।

साथै गाउँघरमा आजभोलि दिनदाहदै बच्चालाई आक्रमण गर्ने गरेकाे किसान थापाले बताउनुभयो । थापाले भन्नुभयाे,” बच्चालाई घरमा राखेर काम गर्न जान पनि डर छ, काम गर्न नजाउ खानलाई काम गर्नै पर्याे जंगली जनावरले ठूलाे सास्ती दिएकाे छ।”

उहाँका अनुसार राष्ट्रिय निकुञ्जले जंगली जनावर गरेकाे क्षतिपूर्ति दिनुकाे सट्टा राहत स्वरूप ५ हजारसम्म उपलब्ध गराएपनि वर्षभरि खान नपुग्ने किसान नरबहादुर थापाकाे पिरलाे छ ।

त्यस्तै गाउँपालिकाकाे वडा नम्बर १ क्षेप्लाडिमा पनि बँदेल र बादरले उधुम मच्चाएकाे स्थानीय रमेश खड्काले बताउनुभएको ।

वडा नम्बर २ का स्थानीय बाख्रा पालक हिरा सिं ठकुल्लाका अनुसार खप्तड राष्ट्रिय निकुञ्जबाट चितुवा वर्तमान समयमा गाउँकाे आसपासमा बासस्थान बनाएकाले दिनकै गाउँमा ३/४ बाख्रा मार्ने गरेकाे बताए । बाख्रा पालक किसान ठकुल्ला भन्नुहुन्छ,” लाखौं खर्च गरेर बाख्रामा लगानी लगाएकाे छ तर चितुवाले एकै दिन सखाप पार्दिन्छ, मान्छे देखे पनि चितुवाले टेर्दैन् ।

किसानहरूकाअनुसार खप्तड राष्ट्रिय निकुञ्जमा भएका जंगली जनावर गाउँमा फिजिएर सास्ती दिने गरेकाे बताएका छन् । वन्यजन्तुकाे कारणले पछिल्लो समयमा किसानहरू घट्दैछन् । स्थानीय बुद्धिजीवीकाअनुसार, गाउँमा खेतीपाती र पशुपालन गर्दा जंगली जनावरले सताएपछि किसान जति सबै राेजगारीकाे लागि भारत र तेस्रो मूलुकमा पलाएन् भएका छन् ।

खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सराेजमणी पाैडेलकाअनुसार निकुञ्जकाे आसपासका बस्तिमा जंगली जनावरले क्षति गरे बाफत निर्देशिका बमोजिम ५ हजार देखि १० हजारसम्म वर्षमा २ पटक दिने गरेकाे बताउनुभयो । उहाँकाअनुसार निकुञ्ज क्षेत्रमाकाे आसपासमा पछिल्लो समयमा अलि बढि नै जंगली जनावरले किसानकाे खेतीपाती र पशुमा क्षति पर्याउने गरेकाे बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय