
डाेटीमा बुधवार नेपाली सेनामा कार्यरत ४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
जिल्ला स्वास्थ्य कार्यालय डाेटीले दिएकाे जानकारी अनुसार याे संगै जिल्लामा संक्रमित हुनेकाे संख्या १ हजार २९ पुगेकाे छ भने संक्रिय संक्रमितकाे १ सय १ रहेकाे स्वास्थ्य कार्यालय डाेटीका प्रमुख रमेश मलासीले बताए ।
डोटी अस्पतालको प्रयोगशालामा डाेटीका १०५ जनाको नमुना परीक्षण गरिएकोमा ४० मा काेराेना संक्रमण देखिएकाे हाे । संक्रमण पुष्टि भएका सबै राजपुरकाे सुल्लेक स्थित ब्यारेकमा कार्यरत ४० छन् ।
यस अघि भाद्र १६ गते सोही ब्यारेकमा कार्यरत २१ जना पहिलाे पटक काेराेनाकाे संक्रमण देखिएकाे थियाे भने र हिजाे मंगलबार थप नयाँ ६ जनामा कोरोना पुष्टि भएको थियो ।
त्यस्तै मंगलवार भाद्र १६ गते संक्रमित देखिएका मध्यहरुकाे दाेस्राे पटक पिसिआर परिक्षण गर्दा १४ जनामा दाेस्राे पटक नि संक्रमण देखिएकाे थियाे । याे संगै सुल्लेख व्यारेक र बाहिनि मा कार्यरत ६७ जना सेनाहरुमा काेराेना भाईसर संक्रमण भएकाे स्वास्थ्य प्रमुख मलासीले बताए।