सिलगढी / डाेटीमा आज (मंगलबार) साँझ जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कैलाली जिल्लाकाे चुरे गाउँपालिका वडा नं.०६ बस्ने ३२ वर्षीय गाडी चालक मानबहादुर थापा मगर, साेही ठाउँ बस्ने ३४ वर्षीय बलबहादुर थापा र साेही ठाउँकै २८/२९ वर्षीय प्रेम बहादुर थापा रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानाएकाे छ।
प्रहरीकाअनुसार घाइते चालक मगरकाे कम्मर, बाँया पाखुरा र मुखमा चोट लागेकाे र अबस्था सामान्य रहेकाे छ भने बलबहादुरकाे टाउकोमा चोट लागेकाे र प्रेमकाे छातिमा चाेट लागेकाे भएपनि दुबै जनाएको अवस्था मध्ययम रहेकाे छ । घाइते तीनै जनालाई उपचारकाे लागि धनगढी तर्फ पठाएकाे छ।
जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार साँझ करिव ७:२० मिनेटकाे समयमा डोटीकाे जोरायल गाउँपालिका २ धारापानी स्थित भिमदत्त राजमार्गमा बुडर डोटी बाट धनगढी कैलाली तर्फ जाँदै गरेको से १ ज २७२ नं. को जिप अनियन्त्रित भएर दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी जिप सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेकाे डिएसपी भट्टराईले बताए ।











