युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डाेटी जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ बगलेक अबस्थित श्री बाराही देवी आधारभूत विद्यालयका विद्यार्थी जीर्ण र चुहिने भवनमा बसेर पढ्न बाध्य भएका छन् ।

जीर्ण भवनकाे मर्मतसम्भार नहुँदा चुहिने भवनमूनि बसेर पठनपाठन गर्नुपर्ने बाध्यात्मक अबस्था सिर्जना भएकाे उक्त विद्यालले जानकारी दिएकाे छ । टिनले छाएकाे उक्त भवन जीर्ण हुँदा दिनहुँ पानी चुहिने कक्षाकाेठामा बसेर पढ्नुपर्ने बाध्यता रहेकाे विद्यार्थीहरूकाे भनाइ छ । अहिले दैनिक जसाे कक्षाकाेठामा पानी जम्ने गरेकाे कक्षा ६ मा अध्ययनरत एक जना छात्रले बताए ।

विद्यालयमा आर्थिक स्रोत अभावका कारण भवनकाे मर्मत हुन नसकेको विद्यालयका प्रधानाध्यापक कृष्ण बिकले बताए । गाउँपालिकामा भवनको प्रस्ताव पेश गर्दा पनि समस्या हल नभएकाे प्रधानाध्यापक बिक बताउछन् । साथै भवन चारै दिशातिर चर्किएको हुँदा भूकम्पकाे उच्च जाेखिमा रहेकाे प्रधानाध्यापक बिले बताए । प्रधानाध्यापक बिक थप्छन्,” भाैगाेलिक वातावरण अनुसार विद्यार्थीकाे संख्या ठिकै छ तर भवन भुकम्पका कारण चारैतिर चर्किएकाे माथि हेर्दा तारापत्री छ ।”

गाउँपालिकाकाे लगानीमा पछिल्लो तीन वर्षयता विद्यालयका एउटा पनि भाैतिक संरचना निर्माण नभएको गाउँपालिका शिक्षाशाखा प्रमुख विनाेद भट्टले बताए । बाराहीदेवीले विद्यालय भवनकाे माग प्रस्ताव पेश गरेपनि पालिमा बजेट अभावका कारण माग पूर्तिमा समस्या भएकाे शाखा प्रमुख भट्टले जिकिर गरे । उनी थप्छन् ,” विद्यालय भवनकाे एउटै बाराहीदेवीकाे मात्रै समस्या नभएर काँडामाण्डाैँ, गाउँपालिका पेरिफेरिका विद्यालयमा पनि समस्या निम्तिएकाे छ, संघिय बजेट अभाव छ, पालिकाका अधिकांश क्षेत्रमा विद्यालय भवनहरू जिर्ण छन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय