डाेटी /डाेटीमा भिरबाट लडेर घाइते भएकी महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा जिल्लाकाे जोरायल गाउँपालिका वडा नं. ०४ नक्कु बस्ने नारायण सिंह बोहराकी ३४ वर्षीय छाेरी रोहिता बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
आज शुक्रबार मध्यान्ह साढे १२ बजेको समयमा भिरबाट लडेर घाइते भएकी बाेहराकाे निसर्ग अस्पताल धनगढी, कैलालीमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
उनी घरदेखी कैलालीको सहजपुर बजार जाने क्रममा साेही ठाउँ पत्थरखानी भिर बाट लडेर १०० मिटर तल खसी घाइते भएकी थिइन् ।











