डाेटी/ डाेटीमा घरायसी विवादका कारण दाइमाथि आफ्नै सहाेदर भाइले काेदालाे प्रहार गरी हत्या गरेका छन् ।
आज (साेमबार) दिउँसो ३ बजेको समयमा जिल्लाकाे जोरायल गाउँपालिका वडा नं. ०६ डाँडागाँउ बस्ने ५६ वर्षीय नर बहादुर जोराले आफ्नै सहोदर दाई ६५/६६ वर्षीय गणेश बहादुर जोराकाे टाउकाेमा काेदालाे प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
दुईभाइ बीच आपसी झगडा हुँदा नरबहादुरले दाइलाई कोदालोले टाउकोमा हान्दा गणेशबहादुरकाे घट्नास्थलमै मृत्यु भएको डाेटी प्रहरीकाे भनाइ छ ।
नर बहादुर जोरालाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जनाएको छ ।











