डाेटी / डोटीकाे आदर्शमा आज ( शनिबार ) पहिराेमा परी एक वृद्ध महिलाकाे मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् ।
मृत्यु हुनेमा जिल्लाकाे आदर्श गाउँपालिका ३ आगरका मान बहादुर ऐर कि ६१ वर्षीय श्रीमती कौमती देवी ऐर रहेको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ । त्यस्तै उक्त पहिराेमा परी घाइते हुँनेमा मृतककी नातिनी अन्दाजी १०/१२ वर्षीय भुवनेश्वरी ऐर रहेकि छन् ।
मृतक काैमती नातिनीसहित आदर्श गाउँपालिका ६ सवखोला छोरीको घर जान भनी घरबाट हिँडेकी थिइन् । आज दिउँसो १२ बजेकाे समयमा बाटाेमा हिँडिराखेकाे अबस्थामा साेही गाउँपालिकाकाे वडा नं. ०३ धनियाँ खोला स्थित माथीबाट पहिरो खस्दा ढुङ्गा लागी काैमतीकाे घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए ।
घाइते भुवनेश्वरीकाे स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको र अवस्था मध्यम रहेकाे डाेटी प्रहरीले जनाएको छ ।











