सिलगढी / डोटीकाे सायल गाउँपालिकामा बिहिवार घाँस काट्ने क्रममा भिरबाट लडेर एक युवककाे मृत्यु भएको छ।
मृत्यु हुनेमा साेही ठाउँ वडा नं १ छपालीका गम बहादुर पुजाराका २१ वर्षीय छाेरा केट बहादुर पुजारा रहेकाे वडा कार्यालयले जानकारी दिएकाे छ ।
उनकाे हिजाे दिउँसो करिव १२ बजेकाे समयमा गाउँ नजिकैको छर्केर भिरबाट लडेर मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ। मृतक युवक भिरबाट लडेर करिव ६ सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।
शव आफन्तकाे घरमा रहेकाे र घटनाबारे थप अनुसन्धान भैरहेको डाेटी प्रहरीकाे भनाइ छ ।
मृतक पुजारा जिल्ला सदरमुकाम अबस्थित श्री पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयबाट कक्षा १२ काे परीक्षा उतिर्ण गरेर घरमै बसेका उनका आफ्न्तले बताएका छन्











