मनमनेहन ठकुल्ला, डाेटि
डाेटी जिल्लाकाे दिपायल सिलगढी नगरपालिकाकाे बीचमा नेपाल टेलिकमकाे अप्टिकल फाइबरमा समस्या आएपछि डाेटी, अछाम, बाजुरा गरी तीन जिल्लामा मंगलबार बेलुकी देखि इन्टरनेट सेवा अबरुद्ध भएकाे छ । तीनवटै जिल्लामा मंगलबार बेलुकी सवा ६ बजेदेखि इन्टरनेट सेवा अबरुद्ध रहेकाे हाे ।
उक्त स्थानमा अप्टिकल फाइबर चुडिएपछि इन्टरनेट सेवा अबरुद्ध भएकाे नेपाल टेलिकम सिलगढी शाखाका कर्मचारीले बताएका छन् । नेपाल टेलिकम सिलगढी शाखाकाका कर्मचारी विकास मेहताकाअनुसार अबरुद्ध इन्टरनेट सेवा भैरहेकाे बताए । उनले भने,” इन्टरनेट बिग्रिएकाे स्थान भेटिएकाे छैन्, इन्टरनेट कतिखेर आउने हाे अहिले भन्न सकिने अबस्था छैन् ।”
त्यस्तै शुरुमा करिब ३ घण्टा मोबाइल नेटवर्क पनि अवरुद्ध भएको थियो । आजसम्म पनि फाेर्जी सेवा राम्रोसँग नचलिरहेको सेवाग्राहीले बताएका छन् ।
जिल्लामा इन्टरनेट सेवा अबरुद्ध हुँदा सेवाग्राहीहरू समस्यामा परेका छन् । स्थानीय सेवाग्राही भन्छन्, इन्टरनेट अबरुद्ध भएकाे १६/१७ घण्टा भैसकेको छ, आएकाे छैन् ।”











