डाेटी / डाेटी बहुमुखी क्याम्पससहित त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षकाे कार्यालय किर्तिपुर अन्तर्गत
क्याम्पस प्रमुख छनोट समितिले आज साेमवार एक सूचना जारी गर्दै
डाेटी बहुमुखी क्याम्पस सहित देशभरका ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो।
योग्य उम्मेदवारले सात दिनभित्र [email protected] इमेल ठेगानामा आवेदन पठाउन सक्ने सूचनामा उल्लेख गरिएकाे छ ।











