धनगढी/कैलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना लाइ प्रहरीले पक्राउ गरेको छ ।
आक्रमणमा संलग्न चक्र रावललाई गएराती करिब १ बजे कैलालीको हसुलियाबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।
गत शुक्रवार दिनेश सञ्चार गृहमा प्रवेश गरी १५–२० जनाको समूहले साङ्घातिक आक्रमण गरेको थियो। सह–सम्पादक जनक विष्टमाथि कुटपिट भएको थियो भने प्रबन्धक अमिता कुँवर लगायतका कर्मचारीमाथि हातपात भएको थियो। किटानी जाहेरीको आधारमा यसअघि मङ्गलवार धनगढीका सरोज थापालाई पक्राउ गरिएको थियो।
यस अघि हिजो धनगढी उप–महानगरपालिका वडा नम्वर–५ बस्ने सरोज थापा लाइ प्रहरीले पक्राउ गरेको छ । आक्रमणमा संलग्न फरार रहेका अन्य ब्यक्तिहरुको खोजि अभियानलाई तिब्र बनाएको प्रहरी नायव उपरीक्षक विष्टले बताए। कुटपिटमा संलग्न रहेको अभियोगमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता भएको छ । कैलालीका पत्रकारहरुले दोषिलाइ पक्राउ गरी कार्बाही गर्न माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन ।