सिलगढी / हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको
आसपास अवस्थित रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राती देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।











