काठमाण्डौ / सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ः१९ बजे ६ रेक्टर स्केलको भूकम्प गएको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मुलुकका विभिन्न जिल्लाहरुमा समेत महसुस गरिएको भुकम्पले काठमाण्डौ उपत्यकालाई समेत हल्लाय पछि काठमाण्डौबासीहरु सड्कमा आएका थिए ।
गृहमन्त्रालयले अहिले सम्म उक्त भुकम्प पुराएको कुनै क्षेतिको बारेमा जानकारी नआएको जनाएको छ । भुकम्पको केन्द्र विन्दु समेत रहेको सिन्धुपाल्चोकमा समेत अहिले सम्म कुनै क्षेतिको विवरण जानकारी नभएको त्यहाँका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारीले बताएका छन् ।