कञ्चनपुरः कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–९ जमुनाडी, भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक र बेलौरी नगरपालिका–१० पिएमघाट बाट प्रहरीले भन्सार छलीका सामान बरामद गरिएको छ।
खुसुक् भारतबाट भन्सार छलि गरि ल्याएका करिब ७० हजार ९ सय नब्बे मूल्य बराबरको चिनी, पेय पदार्थ,बिडी, सुर्ती, स्याम्पु, ब्याट्री, चप्पल, खाने तेल, नरिवल, दोपट्टा, सुटपिस, थान कपडा,लगायतका सामानहरु बरामद गरिएकाे कञ्चनपुर प्रहरीले जनाएको छ ।