मनमाेहन ठकुल्ला, डाेटी
डाेटी जिल्ला सदरमुकाम अवस्थित सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको गोदाम घरमा गएराती करिव १२ बजेकाे समयमा आगलागी हुँदा कराेडाैँकाे क्षति भएकाे छ ।
दिपायल सिलगढी नगरपालिका–६ नाचनथली मोड दुई पिपल स्थित रहेको उक्त गाेदाम घरमा आगलागीकारण गोदाम घर र त्यहाँ स्टोर गरेर खानेपानीका सम्पूर्ण सरसामान जलेर नष्ट भएको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिले जानकारी दिएकाे छ ।
उक्त आगलागीका कारण खानेपानी गाेदाममा २०६४ सालदेखि यता खारिएका फिटिङ सामान, ४/५ वटा दराज कुर्सी, टेबुल, १ इन्चदेखि ४ इन्चसम्मका जम्मा २२ थान पानी मिटर जलेर नष्ट भएका छन् । त्यसैगरी २० मिलिमिटरदेखि २०० मिलिमिटरसम्मका जम्म ८ हजार ६ सय २० मिटर पाई जलेर ध्वस्त भएकाे सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका कर्मचारी सुजित खड्काले बताउनु भएकाे छ ।
खड्काले भन्नू भयाे,” आगलागीबाट करिव ढाइ ३ कराेडकाे क्षति भएकाे छ, छेवैमा रहेकाे १ लाख लिटरकाे ट्याङ्की पनि जलेकाे छ । ” गाेदाम घर पूर्ण रूपमा जलेर ध्वस्त भएकाे खड्काले बताउनु भएकाे छ ।
साथै कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भई रातुली, पाकरी खानेपानी योजनामा कार्यरत प्रतीक निर्माण सेवाका प्राविधिक कृष्ण भट्टको सोही ठाउँमा पार्किङ गरेर राखिएको सु. प.प्र ०२००३प १८ ४५ नम्बरको १५० सिसिकाे पल्सर माेटरसाइकल जलेर नष्ट जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ । आगलागीकाे कारण नखुलेको प्रहरीले जनाएको छ ।
आगलागी दिपायल सिलगढी नगरपालिकाको दमकलको सहयोगमा स्थानीय र प्रहरीले साढे ३ घण्टा नियन्त्रणमा लिएकाे थियाे ।
भिडियो