डाेटी , जिल्ला अस्पताल डाेटीमा पाठेघर झरेका ३ जना महिलाकाे नि:शुल्क शल्यक्रिया गरिएकाे छ ।
अस्पतालले पाठेघर खसेका महिलाहरुका लागि दुईदिने नि:शुल्क शल्यक्रिया शिविरकाे आयाेजना गरिएकाेमा आज पहिलाे दिन ३ जना महिलाकाे पाठेघरकाे शल्यक्रिया गरेकाे अस्पतालले जनाएको छ ।
शल्यक्रिया हाल भक्तपुर अस्पतालका बरिष्ठ गाइनाेलाेजिष्ट डा. सुरेन्द्र भट्टद्वारा गरेकाे जिल्ला अस्पताल डाेटीका डा. निराजन श्रेष्ठले बताउनु भएकाे छ ।
साथै पाठेघर को भित्ता कमजोर भएका तथा पाठेघर झरेका महिलाहरूकाे भाेलि ११ गते शुक्रबार पनि शल्यक्रिया हुने डाक्टर श्रेष्ठले बताउनु भयाे । पाठेघरका बिरामीहरुले नि:शुल्क शल्यक्रियाका लागि मौकाको फाइदा उठाउन श्रेष्ठले अनुरोध गर्नु भएकाे छ ।
शल्यक्रियाबाट पाठेघर खस्ने समस्या रहेका तर आर्थिक समस्याका कारण उपचार गर्न नसकेका महिलाहरु लाभान्वित हुने अस्पतालले जनाएको छ ।