युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

अछाम । अछाममा कक्षा १२ का विद्यार्थीहरूले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएको पाइएको छ । अछामको साँफेबगर नगरपालिका–१ कालीमाटीस्थित सूर्यचन्द्र मावि परीक्षा केन्द्रमा विद्यार्थीहरूले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएको पाइएको हो ।

२०८१ सालको प्रश्नपत्र दिनुपर्नेमा २०८० सालको पुरानै प्रश्न पत्रबाट विद्यार्थीहरूले परीक्षा दिएका हुन् । परीक्षा दिएर बाहिर निस्केपछि मात्रै विद्यार्थीहरूले पुरानो प्रश्न पत्र नै दिएकोबारे जानकारी पाएका थिए

९७ जना नियमित र ७ जना आंशिक तर्फका गरी १०४ जना विद्यार्थीले आज ‘३०४१–एच’ विषय कोड रहेको अर्थशास्त्र विषयको परीक्षा दिएका थिए । परीक्षा दिएर बाहिरिएपछि विद्यार्थीले पुरानो प्रश्न पत्रबाट परीक्षा दिएको जानकारी पाएका थिए । त्यसपछि विद्यार्थीहरूले केन्द्राध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक देवेन्द्रबहादर शाहलाई जानकारी गराएका थिए ।

पुरानो प्रश्न पत्रबाट परीक्षा दिने सबै विद्यार्थीको परीक्षा रद्द गरिएको छ । उनीहरूलाई अब अर्को मितिमा अर्को परीक्षा हुनेछ ।  परीक्षा २०८१ मा भइरहेको तर, विद्यालयको लापरबाहीका कारण २०८० सालको पुरानो प्रश्न पत्र प्रिन्ट गरेर परीक्षामा सहभागी परीक्षार्थीलाई वितरण गरिएको थियो ।

केन्द्राध्यक्ष शाहले राष्ट्रिय परीक्षा बोर्डबाट ढिलागरी प्रश्न पत्र मेलमा आएको र पेनड्राइभमा हालेर प्रिन्ट गर्ने बेला पुरानो प्रश्न पत्र प्रिन्ट हुन पुगेको बताए ।

‘आज अर्थशास्त्र र नेपाली विषयको परीक्षा थियो । अर्थशास्त्र विषयको प्रश्न पत्र पेनड्राइडमा हालेर प्रिन्ट गर्न दिएको थिए । म नेपाली विषयको प्रश्न पत्र डाउनलोड गर्नतिर लागेको थियो,’ शाहले भने, ‘उता पेनड्राइभमा पुरानो प्रश्न पत्र पनि रहेछ । प्रिन्ट गर्ने बेला त्यही पुरानो प्रश्न पत्र प्रिन्ट भएछ । हतार हतार भएकाले हामीले प्रश्न पत्र हेर्न सकिएन । विद्यार्थीलाई बाँडेपछि परीक्षा दिए । अन्तिममा थाहा भयो ।’

पुरानो प्रश्न पत्रबाट परीक्षा दिएको विषयमा राष्ट्रिय परीक्षा बोर्डमा जानकारी गराइएको उनको भनाइ छ । बोर्डले लिखित रूपमा उक्त जानकारी दिन विद्यालयलाई भनेको छ । सोही आधारमा आफूले लिखित रूपमा जानकारी पेश गर्न लागेको शाहले बताए ।

‘पुरानो प्रश्न पत्रबाट परीक्षा दिएपछि आजको परीक्षा रद्द गरिने शाहले बताए । यस्तो भयो अब के गर्ने भनेर बोर्डमा खबर गरेको थिए । बोर्डबाट आजको परीक्षा रद्द हुन्छ भन्ने जानकारी दिनुभएको छ । अब अर्को मितिमा आज रद्द गरिएको विषयको परीक्षा हुन्छ,’ शाहले भने ।राताेपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय