धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (शुक्रबार) बेलुकी पाँच बजे प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाइसकेका छन् । साेही पत्रअनुसार बैठक आह्वान गरिएकाे प्रदेश सभा सचिवालयले जनाएको छ ।
आज दिउँसो नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने समेत तयारी भएको छ।
माओवादी केन्द्रले पनि अहिले११ बजे संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने तयारी गर्दैछ ।
नेकपा एमालेले भने अहिलेसम्म यस्तो विषयमा कुनै निर्णय गरेको छैन्।