कञ्चनपुरः लागूऔषधसहित कञ्चनपुरमा प्रहरीले दुई जना पक्राउ गरिएकाे छ ।
जिल्लाकाे बेलौरी नगरपालिका-७ कालोपुलबाट पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय ओमप्रकाश चौधरी रहेकाे कञ्चनपुर प्रहरीले जनाएको छ ।
उनलाई बुधबार २.३५ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिईएको हो।
त्यस्तै भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ्ग सेन्टर ७ नम्बर पिल्लर आसपासबाट भीमदत्त नगरपालिका-१९ बस्ने २० वर्षीय अरुण रानालाई पक्राउ गरिएकाे छ ।
उनलाई बुधबार भारतबाट नेपाल आउदै गर्दा २.८२ ग्राम खैरो हेरोईनसहित नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।