युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी । घनघोर जङ्गल, जङ्गलको बीचमा एक ठूलो ढुङ्गा, ढुङ्गामुनि ओडार । ओडारभित्र ओड्ने ओछ्याउने र केही घरायसी सामान । ओडारको बाहिरपट्टि काठको बार लगाएको सानो भान्सा । यही ओडारमा चलिरहेछ चार जनाको जीवन ।

डोटीको जोरायल गाउँपालिका-३ अल्याडीको ओडारमा यसैगरी मा एक परिवार तीन वर्षदेखि बस्दै आएको छ । सोही वडाको कोटेली घर भएकी लक्ष्मीदेवी भट्टको परिवार ओडारमा बस्दै आएको हो । करिब ८० वर्षीया लक्ष्मीदेवी छोरा रामेश्वर दुई नातिनातिनीसँगै ओडारमा बस्दै आएका छन् ।

जोरायल गाउँपालिका- ३ कै ठूल्ढुङ्गा भन्ने ठाउँमा १९९९ सालमा जन्मिएको बताउने लक्ष्मीको बिहे १३ वर्षको उमेरमा कोटेली गाउँका खगेन्द्र भट्टसँग भएको थियो । सामाजिक प्रचलनअनुसार बिहे भएको एक वर्षसम्म माइतै बसेपछि आफ्नो घर गएको उनी सम्झिन्छिन् । केही वर्ष उनले आफ्नै घरपरिवारमा बिताइन् । घरपरिवारसँग मेल हुन नसकेपछि कहिले कता त कहिले कता गर्दै जीवन बिताउँदै आएको लक्ष्मी सुनाउँछिन् ।

लक्ष्मी जहाँ जहाँ जान्थिन्, उनका कान्छा छोरा रामेश्वर पनि सँगै जान्थे । पछिल्लो समयमा उनी अल्याडी गाउँमा बस्न थालिन् । मातेमा थोरै जग्गा कमाएर जीवन चलाइरहेको लक्ष्मीको परिवार जग्गावालाले मात छुटाइदिएपछि ढुङ्गाको ओडारमा बस्दै आएको छ ।

माते घरजग्गामा बस्दै गरेका बेला २०७२ सालमा रामेश्वरले ४२ वर्षको उमेरमा विवाह गरे । श्रीमती हाल माइतीघरमा बस्दै आएको रामेश्वर बताउँछन् । श्रीमतीको मानसिक स्वास्थ्यमा समस्या भएका कारण माइतमै बस्दै आएको उनको भनाइ छ ।

‘उनको पहिलेदेखि नै मानसिक स्वास्थ्य समस्या रहेछ, जतिबेला पनि जहाँ पनि हिँडिदिने, डाँडातिर गएर ठूलो स्वरले कराउने, मलाई र आमालाई लौरो, ढुङ्गाले हिर्काउने गर्थिन्’, रामेश्वरले भने, ‘करिब एक वर्षदेखि उनी घर छोडेर माइतीघर बस्दै आएकी छन् ।’

आफ्नो बुढोभत्ता (सामाजिक सुरक्षा भत्ता) जीवन निर्वाहको प्रमुख स्रोत बनेको लक्ष्मीदेवी बताउँछिन् । साथै बाख्रा पाल्ने गरेको उनको भनाइ छ । ‘गत वर्ष रोगले चार बाख्रा मरे’, लक्ष्मी भन्छिन्, ‘रोग, अनिकाल पनि मेरै लागि मात्रै आउने रहेछ ।’

लक्ष्मीको जिद्दीले बालबालिकाको बिचल्ली

लक्ष्मीको परिवार आफ्नो घरजग्गा नभएका कारण ओडारमा बस्न थालेको भने होइन । उनको गाउँ कोटेलीमा घर छ, जमिन पनि छ । अन्यत्र पनि उनको जमिन छ । तर, उनलाई आफ्नो गाउँ जान पटक्कै मन छैन ।

‘गाउँमा घरजग्गा छ, दाजु र मेरो भागबन्डा पनि मिलाइसकेका छौं’, रामेश्वर भन्छन्, ‘तर आमा त्यहाँ जाँदै जान्न भनेर जिद्दी गर्नु हुन्छ ।’

आमाले बरु यही ओडारकै बास ठीक भन्ने गरेको रामेश्वर बताउँछन् । उनी भन्छन्, ‘यो ओडारमा आमालाई एक्लै छोडेर ममात्रै कसरी जानू ?’

ओडारको बासले बालबालिकामा नकारात्मक असर परेको रामेश्वरको भनाइ छ । ५ वर्षीया छोरी र ३ वर्षीय छोरा आफूहरुसँगै बस्ने गरेको उनी बताउँछन् । ५ वर्ष पुगे पनि छोरी विद्यालय जाँदैनन् ।

परिवारमा सधैं झैझगडा भइरहने भएका कारण रामेश्वरकी श्रीमतीले छोराछोरी छोडेर गएको स्थानीयको भनाइ छ ।
ओडारको बासले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा समस्या आउन सक्ने सञ्चारकर्मी झलक पाली बताउँछन् ।

लक्ष्मीको परिवारलाई घरमै फिर्ता गर्न प्रयास नभएको भने होइन । सञ्चारकर्मी झलक भन्छन्, ‘यसअघि जोरायल गाउँपालिका- ३ को वडा कार्यालयले कोटेली गाउँमा उनीहरुको घर मर्मत गरिदिएको रहेछ । आफ्नै घरमा फर्किने भनेर इलाका प्रहरी कार्यालय जोरायलमा सहमतिसमेत गरेका रहेछन्, तर फर्किएनन् ।’

आफ्नो घरजग्गा हुँदाहुँदै पनि ओडारमा बस्नुको कारण पत्ता लाग्न नसकेको उनको भनाइ छ ।

लक्ष्मीदेवी र रामेश्वरसँग सल्लाह गरेर उनीहरुको आवासको व्यवस्था गरिने बताउँछन् जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा । उनले भने, ‘बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको हकको कुरा छ, उनीहरुको आधारभूत आवश्यकतालाई ध्यानमा राखेर उचित ठाउँमा आवासको व्यवस्था गरिन्छ ।’ नेपाल प्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय