टेक साँउद डोटी / डोटी जिल्लाका ९ स्थानिय तहहरुमा कोरोना कहरका विच स्थापना भएको क्यारेन्टाईनहरु अझै खाली हुन सकेका छैनन् ।
जिल्लाको पुर्विचौकी गाँउपालिकामा क्यारेन्टाईन नरहेको भए पनि अन्य ८ स्थानिय तहहरुमा रहेका क्यारेन्टाईनमा अझै ४ सय ३३ जना बस्दै आएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
विभिन्न स्थानिय तहहरुका ३९ स्थानमा मंगलबार विहान सम्म पनि क्यारेन्टाईनहरु रहेको र उक्त क्यारेन्टाईनहरुमा ९६ महिला र ३ सय ३७ पुरुष गरि ३ सय ३३ जना रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । मलासीले भने सायल गाँउपालिकामा रहेको क्यारेन्टाईनमा ७ जना बालबालिकाहरु पनि रहेको भए पनि अन्य क्यारेन्टाईनहरुमा गर्ववति सुत्केरी र बालबालिकाहरु रहेका छैनन् ।
अहिले सबै भन्दाबढी मानिसहरु आदर्श गाँउपालिकामा रहेका छन् । उक्त गाँउपालिकामा क्यारेन्टाईनमा रहेका व्यक्तिहरुको संख्या ९१ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै शिखर नगरपालिकामा ७९, दिपायल सिलगढी नगरपालिकामा ७०, सायल गाँउपालिकामा ४७, केआईसिँह गाँउपालिकामा ६३ जना मानिसहरु क्यारेन्टाईनमा बस्दै आएका छन् ।
त्यस्तै जोरायल गाँउपालिकामा ३, बोगटान फुड्सिल गाँउपालिकामा ६७, बडीकेदार गाँउपालिकामा १३ जना मानिसहरु क्यारेन्टाईनमा रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । कोराना कहर चलेपछि जिल्लाका ९ ओटै स्थानिय तहहरुमा स्थापना गरिएका क्यारेन्टाईनहरु बाट कुल १७ हजार ९ सय ६२ जनालाई डिस्चार्ज गरिएको थियो ।