युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बझाङ । बझाङ प्रदेशसभा-१ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूले उम्मेदवार टुङ्ग्याएका छन् । बझाङ प्रदेशसभा १ बाट निर्वाचित कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी असार ५ मा निधन भएपछि रिक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसले बझाङ प्रदेश सभा १ मा पृथ्वीबहादुर सिंहकै छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ ।

कांग्रेस बझाङ कार्य समिति सदस्य रहेका सिंहले २०५५ सालदेखि नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को राजनीति थालेका थिए । नेविसंघपछि उनले तरुण दलमा राजनीति थाले । २०७२ मा नेपाल तरूणदल बझाङ— १ को क्षेत्रीय सभापति भएका सिंह कांग्रेसको १४ औँ महाधिवेशनमा जिल्ला कार्यसमिति बझाङको सदस्यमा निर्वाचित भएका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा जयपृथ्वी नगरपालिका— ५ को वडाध्यक्षमा अभिषेक पराजित भएका थिए ।

वडाध्यक्षमा तेस्रो मत ल्याएका अभिषेकलाई कांग्रेसले स्वर्गीय पृथ्वीबहादुरको विरासत कायम राख्न चुनावी मैदानमा पठाएको छ । यता सत्ता साझेदार नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि बझाङ १ मा बेग्ला बेग्लै उम्मेदवार खडा गरेका छन् ।

एमालेले जिल्ला अध्यक्ष दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारी निर्विरोध जिल्ला अध्यक्ष चयन भएका थिए । भण्डारी अघिल्लो कार्यकालमा समेत एमाले बझाङको अध्यक्ष थिए। भण्डारी कानून व्यवसायी समेत हुन्।

माओवादी केन्द्रबाट जनक बुढाले टिकट प्राप्त गरेका छन् । बुढा माओवादी केन्द्र सुदूरपश्चिमका सचिव समेत हुन् । उनी दोस्रो संविधान सभाका सदस्य थिए । यस्तै एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । उनी तत्कालीन नेकपामा पनि बझाङका जिल्ला अध्यक्ष थिए ।

यस्तै जनता समाजवादी पार्टीले बझाङ प्रदेशसभा १ मा  पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ ।

२०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका जाग्रीले २०३ मत पाएका थिए । उनी जसपाका केन्द्रीय सम्पर्क समितिका अध्यक्ष समेत हुन् ।राताेपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय