युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी । बडीकेदार गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल स्थापना गर्न २०७७ मंसिर १५ गते सिलान्यास भएको भवनको हालसम्म ३५ प्रतिशत मात्रै काम भएको छ । भवन निर्माणका लागि धुलिखेल एलबी एण्ड एबी जयश्री बालाजी जेभीसँग २०७८ असोज ४ मा सम्झौता भएको थियो ।

सम्झौताअनुसार भवनको निर्माण कार्य २९ मंसिर २०७९ मा सम्पन्न भइसक्नु पर्ने थियो तर निर्माण भएन । ठेक्का सम्झौताको म्याद २०८० पुस मसान्तसम्म थप भएपनि काम भने ३५ प्रतिशत मात्रै भएको छ ।

भ्याटसहित सात करोड २६ लाख १९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म एक करोड २७ लाख रुपैयाँ पेश्की भुक्तानी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए ।

बडीकेदार गाउँपालिकाको मात्रै हैन जिल्लाका सात स्थानीय तहमा बन्नुपर्ने आधारभूत अस्पताल अझै बनेका छैनन् । नेपाल सरकारले ३९६ वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण गर्ने भन्दै २०७७ मंसिर १५ गते एकसाथ सिलान्यास गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो ।

सोही दिन डोटीका सात स्थानीय तह (दिपायल, सिलगढी नगरपालिका र आदर्श गाउँपालिका बाहेक) मा अस्पतालको सिलान्यास भएको थियो । तर कुनै पनि स्थानीय तहमा हालसम्म आधारभूत अस्पताल सञ्चालनमा आएका छैनन् ।

बोगटान फुड्सिल गाउँपालिका २ मा निर्माण हुन लागेको १५ शैयाको आधारभूत अस्पतालको भवन पनि अलपत्रै छ । भवन निर्माणका लागि गाउँपालिका र सिएम–प्रसन्न जेभीबीच २०७८ असार १८ गते सम्झौता भएको थियो ।

२०७९ असार २९ गते निर्माण भइसक्नु पर्ने भवनको हालसम्म २० प्रतिशत मात्रै काम भएको छ । भ्याटसहित १४ करोड ८२ लाख १० हजार रुपैयाँमा सम्झौता भएकोमा निर्माण व्यवसायीले हालसम्म पेश्की दुई करोड ९० लाख र रनिङ्ग बिलमा ६ करोड ५५ लाख भुक्तानी लिइसकेका छन् ।

उक्त ठेक्काको म्याद २०८१ असारसम्म थप गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतवहादुर चन्दले बताए ।

केआई सिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शैयाको अस्पतालको पनि उस्तै अवस्था छ । २०७९ असोज २३ गते निर्माण भईसक्नु पर्ने उक्त अस्पतालको हालसम्म ४८ प्रतिशत मात्रै काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरतवहादुर परियारले जानकारी दिए ।

भ्याटसहित आठ करोड १५ लाख ७८ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी गाउँपालिका र केएस–तेडी–मनिलेक जेभीबीच २०७८ असार २३ गते सम्झौता भएको थियो । निर्माण व्यवसायीले हालसम्म एक करोड ८९ लाख ८१ हजार भुक्तानी लिएका छन् । म्याद थप गरी उक्त भवन २०८१ साल असार २० गते सम्पन्न गर्नु पर्ने भनिएको छ ।

सायल गाउँपालिकामा निर्माण हुने भवनको पनि दुर्दशा छ । २०८१ साउन ३० गते सम्पन्न हुनु पर्ने भवनको हालसम्म पाँच प्रतिशत मात्रै काम भएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाको डौड स्वास्थ्य चौकी नजिक बनिरहेको १० शैयाको उक्त भवन निर्माणका लागि टिडिआर कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो ।

भ्याटसहित आठ करोड ४६ लाख ३४ हजारमा निर्माण गर्ने भनी २०७८ साल साउन ३० गते ठेक्का भएकोमा हालसम्म निर्माण व्यवसायीलाई ८४ लाख रुपैयाँ भुक्तानी दिइएको गाउँपालिकाले जानकारी दिएको छ ।

२०८० असार मसान्तमा निर्माण भईसक्नु पर्ने जोरायल गाउँपालिकाको १५ शैयाको अस्पतालको भवनको पनि हालसम्म ११ प्रतिशत मात्रै काम भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले दिएको जानकारी अनुसार भवन निर्माणका लागि वराह डेभलपर्स प्रालि (साविकको राजेन्द्र निर्माण सेवा) सँग २०७८ साउन १९ गते सम्झौता भएको थियो ।

भ्याटसहित ११ करोड २१ लाख ५८ हजार रुपैयाँमा सम्झौता भएकोमा हालसम्म एक करोड ९६ लाख रुपैयाँ निर्माण व्यवसायीलाई पेश्की दिइएको छ । शिखर नगरपालिकाको १५ शैयाँको अस्पतालको भवन पनि निर्माण भएको छैन ।

२०८० असार १४ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने शर्तसहित २०७८ वैशाख २१ गते नगरपालिका र निर्माण व्यवसायी कम्पनी केएस कन्स्ट्रक्सन प्रालिबीच सम्झौता भएको थियो ।

१० करोड ३० लाख सात हजारमा सम्झौता भएको उक्त भवनमा हालसम्म ८० प्रतिशत काम भईसकेको नगरपालिकाका सूचना अधिकारी कल्पना कुमारी ठकुल्लाले जानकारी दिइन् । उनले ठेक्काको चैत्र ३० गतेसम्म रहेको समेत वताईन् । हालसम्म निर्माण व्यवसायीले ६ करोड ६१ लाख ११ हजार रुपैयाँ भुक्तानी लिएको छ ।

पूर्वीचौकीमा भवन निर्माण सम्पन्न

पूर्वीचौकी गाउँपालिकामा भने आधारभूत अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकवहादुर खड्काले दिएको सूचनाअनुसार १० शैयाको अस्पतालका लागि भवन निर्माणको कार्य सम्पन्न भएको हो ।

भवन निर्माणका लागि गाउँपालिका र निर्माण व्यवसायी कम्पनी रोयल कन्स्ट्रक्सन प्रालिबीच २०७८ असार २४ गते सम्झौता भएको थियो । भ्याटसहित सात करोड ८३ लाख १७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त भवन गत पुष २४ गतेभित्र सम्पन्न गर्नु पर्ने शर्त थियो ।

‘भवन निर्माणको कार्य सम्पन्न भईसकेका छ, निर्माण व्यवसायीले हस्तान्तरण गर्न बाँकी छ’ खड्काले भने ‘भवनको प्राविधिक अनुगमन गरी गाउँपालिकाले स्वामित्व लिने तयारी छ ।’ उनले वैशाखभित्रै अस्पताल सञ्चालनमा ल्याइने बताए । उनले अस्पतालको प्रारम्भिक सुरुवातका लागि गाउँपालिकाको केन्द्रमा रहेको सानागाउँ स्वास्थ्य चौकीमा जनशक्ति र उपकरणहरु पनि रहेको जानकारी दिए । नेपालप्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय