युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौ / नागरिक उन्मुक्ति पार्टीकाे बैठकमा हानाहान भएकाे छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी अर्थात् श्रीमान श्रीमतीबिच बढ्दै गएको विवादले हानाहान भएकाे हाे । आज (सोमबार) पार्टी केन्द्रिय कार्यालयमा रञ्जिता र रेशम पक्षबिच पार्टीभित्र आन्तरिक विवाद कारण हानाहान भएकाे स्रोतले जनाएको छ । त्याेसँगै साे पार्टी टुटफुट हुने संकेत देखिन्छ ।

पति–पत्नी रहेका रेशम–रञ्जिता समूहबिचको विवादले उग्र रुप लिँदा सोमबार पार्टी केन्द्रीय कार्यालयभित्रै कुटाकुट भएको हो। सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई गरेको समर्थन निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र केन्द्रमा गत फागुन २१ मा बनेको नयाँ गठबन्धनलाई समर्थन गर्नुपर्ने भन्दै अघि बढेको रञ्जिता पक्षबिचको विवादले कुटाकुटको अवस्था सिर्जना भएको हो।

रञ्जिता पक्ष नयाँ गठबन्धनलाई साथ दिँदै सुदूरपश्चिममा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरे पनि वर्तमान कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्दै अघि बढ्नुपर्ने रेशम पक्षको अडानले पार्टीभित्रको विवाद कुटपिटमा परिणत भएको हो। बैठकमा रञ्जिता पक्षधर मानिएका टीकापुर नगरपालिकाका मेयरसमेत रहेका रामलाल डगौरा थारू र अर्का नेता रमेश विकमाथि रेशम पक्षधरका नेताहरुले कुटपिट गरेका हुन्।

कुटपिटपछि रञ्जिता पक्षधरका रामलाल र रमेशसँगै पाँच नेता बैठकस्थल छाडेर बाहिरिन पुगेका थिए। रामलालका अनुसार बैठकमा रञ्जिता पक्षधर आफूहरु पाँचजना रहेको र कुटपिटपछि बैठकस्थल छाडेर बाहिरिएको बताए। यसैबीच पार्टीका केन्द्रीय महासचिव गंगाराम चौधरीले यही चैत २३ र २४ गते बिहान ११ बजे केन्द्रीय समिति बैठक बोलाएको सूचना जारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय