डाेटी / डाेटीकाे एक घरमा मंगलवार दिउँसो आगलागी हुँदा २ लाख भन्दा बढीकाे क्षति भएकाे छ ।
जिल्लाकाे के.आई.सिंह गाउँपालिकामा -१ लोली स्थित जोगेनी बि.क.को २ तले कच्ची घरमा आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घरभित्र रहेका अन्नपात, लत्ताकपडा,भाँडा बर्तन लगायतका सामान गरी अन्दाजी २ लाख ९४ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
घरभित्र चुलोमा बालेको आगोबाट आगलागी हुँदा घर जलेर पुर्णरूपमा नष्ट भएकाे प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ ।
उक्त आगलागीबाट मानबिय÷चौपाया क्षती नभएको तथा आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।











