युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरकी शारदा विश्वकर्मालाई गर्मी मौसम सुरु भएसँगै चिन्ताका दिन सुरु भएको महसुस हुन्छ । शिविरमा बस्दै आएकी शारदालाई शिविरमा सुकेका ठुला रुख कतिबेला घरको छानामाथि खसेर ज्यान जाने हो भन्ने त्रासले १७ वर्षदेखि पिरोल्दै आएको छ । वर्षौदेखि सुकेका रुख कतिबेला भुईँमा खस्छन् भन्ने ठेगान हुँदैन ।

“गर्मी मौसममा हावाहुरीले रुख ढल्दा ज्यान गएका घटना आँखा अगाडि ताजै छन्, त्यो घटनाबाट बर्सेनि त्रासमा जीवन बिताउनुपर्ने बाध्यता हाम्रा अगाडि छ”, उनले भनिन्, “गर्मी मौसम सुरु भएदेखि वर्षायाम नसकिँदासम्म हाम्रा दुःखका दिन समाप्त हुँदैनन् ।”

वर्षौंदेखि पुनःस्थापनको पर्खाइमा बसेकी शारदाजस्ता सयौँ परिवार आज पनि त्यसैको पर्खाइमा रहेका छन् । टीकापुर बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका सुकुम्वासी आज पनि आफूहरूको पुनःस्थापन हुन्छ भन्ने आशामा छन् ।

टीकापुर नगर विकास समितिको मातहतमा रहँदा सो क्षेत्र जङ्गल थियो । क्याम्पसको नाममा हस्तान्तरण भएको केही समयमै तीन सय बिघा जग्गा अतिक्रमणमा परेपछि बर्सेनि स्थानीयले रुखको फेदका बोक्रा निकालेर रुख सुकाउने काम गरेका कारण आज उजाड बनिसकेको छ ।

शिविर बस्तीमा सुकेका रुख छन् । शिविरमा हरिया रुख नभए पनि सुकेका रुख कतिबेला ढल्ने हुन् भन्ने पत्तो हुँदैन । गर्मी मौसममा आउने हावाहुरीले त्यसरी सुकेका रुख ढल्ने र घरमुनि खसेर यसभन्दा अगाडि कैयौँ धनजनको क्षति भइसकेको छ ।

सोही शिविरमा १६ वर्ष बिताएकी विन्दु परियारको पीडा पनि शारदाको भन्दा फरक छैन । “हावाहुरी आउँदा घर बाहिर भाग्नुपर्ने स्थिति छ, दिनमा घर बाहिर भागे पनि रातिको समयमा कता भाग्ने ?”, विन्दुले भनिन्, “अन्त कतै जाउ भने जाने ठाउँ छैन, यतै बस्दा ज्यान जोगाउन मुस्किल छ ।” सरकारले आफूहरूको व्यवस्थापनका लागि ध्यान नदिँदा पीडामा जीवन बिताउनुपर्ने बाध्यता आफ्ना अगाडि रहेको उनको बुझाइ छ ।

एकतापुर शिविरमा बसोबास गर्दै आएका रामेश्वर चौधरीका अगाडि २०७६ मा हावाहुरीका कारण रुख घर माथि ढल्दा एक जनाको ज्यान गयो । रातिको समयमा आएको हावाहुरीले लाखौँको धनमाल नष्ट गर्‍यो । आँखा अगाडि भएको त्यो घटना रामेश्वरका लागि ताजै लाग्छ । ज्यानलाई हत्केला राखेर मृत्युसँग लडेर बाध्यताको बसाइँ बस्नुपरेको उनको भनाइ छ । “सुनाउन धेरै थियो, सुनिदिने हाम्रो कोही छैन, हामी सुकुम्वासीलाई अझै सुकुम्वासी बनाउन कैयौँ लागिपरेका छन्”, उनले दुखेसो पोख्दै भने, “प्राकृतिक विपत्तिले दिने दुःखमात्रै होइन, मानिसहरूले गर्ने व्यवहारबाट पनि हामी निकै प्रताडित छौँ ।”

शिविरमा अधिकांश घर माटोले निर्माण भएका छन् । माटो र काँचो इँटा प्रयोग भएका घरका लागि हावाहुरी मात्रै नभई वर्षात्को बाढी र डुबान पनि अर्को दुःख बनेर बसेको छ । डुबान हुँदा अधिकांश घर डुबानमा पर्छन् । घर डुबानमा मात्रै नभई अधिकांश घर भत्किन्छन् ।

“हिउँदमा घर निर्माण गर्दा एक बर्खा टिक्छ कि टिक्दैन भन्ने चिन्ता हुन्छ, अर्कोतिर किरा फट्याङ्ग्र्राको त्रास त्यस्तै हुन्छ”, स्थानीय रेशम चौधरीले भने, “कहिले सरकारले हाम्रो व्यवस्थापन गर्ला भनेर कुरेर बसेको दशक हुँदा पनि हाम्रो व्यवस्थापन अझै हुन सकेको छैन ।”

उनले आज पनि राज्यले सुकुम्वासीलाई जग्गाको मालिक बनाउने आशा जिवित रहेको बताए । त्यतिमात्र होइन शिविरमा स्वच्छ खानेपानी छैन । स्वच्छ खानेपानीको उपलब्धता नहुँदा पनि अबका दिनमा विभिन्न सङ्क्रामक रोग फैलिनसक्ने जोखिम बढ्दै जाने स्थानीय बताउँछन् ।

वर्षौंदेखि जग्गा पाउने आशामा बसेका सुकुम्वासीले राष्ट्रिय भूमि आयोगको फाराम पनि भरेका छन् । फाराम भरेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको फाराम भरेका उनीहरुले जग्गाको निस्सासमेत प्राप्त गरिसकेका छन् । उनीहरुले बसोबास गरिरहेको जग्गा पाउनुपर्ने माग पनि गर्दै आएका छन् ।

उक्त जग्गा क्याम्पसको नाममा भएका कारण सो बस्तीका नागरिकलाई सोही स्थानमा व्यवस्थापन गर्न चुनौती छ । “दशक लामो समयदेखि यहीँ जग्गामा हामीले सुखदुःख नभनेर बेथित सहेका छौँ, कैयौँ आफन्तलाई कैयौँ प्राकृतिक विपत्तिमा गुमाउनुको पीडा हामीसँग छ”, स्थानीय डम्बर विश्वकर्माले भने, “हामी यसै ठाउँमा बस्छौँ, सरकारले बसेको स्थानलाई आधार बनाएर लालपुर्जा दिनुपर्छ ।”

नगरपालिकाको वडा नं १ ले वडाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको हकमा गर्नुपर्ने प्रक्रियाको काम गरिसकेको वडाध्यक्ष मोहन विकले बताए । “फाराम भर्नेदेखि निस्सा वितरणसम्मको काम हामीले सकेका छौँ, त्यसपछि जग्गाको नापजाँच गर्ने र उहाँहरुलाई जग्गा उपलब्ध गराउने काममा नगरपालिकाले प्रक्रिया अगाडि बढाउँछ”, उनले भने । सुकुम्वासीले तीन सय बिघा जग्गा अतिक्रमण गरेको दाबी गर्दै टीकापुर बहुमुखी क्याम्पसले वडा कार्यालयमा दाबी पेस गरेको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय