अछामः अछाममा जिल्लाको मेल्लेख गाउँपालिकामा
ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
आज साेमबार मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा
शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१–००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटनामा परी ३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ट्याक्टर दुर्घटनामा परेर मेल्लेख गाउँपालिका–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामीको मृत्यु भएको छ ।
दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका प्रहरीले जनाएको छ । मृतक र घाइते वडका बासिन्दा हुन्। घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।











