
कैलाली / केहि दिन यता सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलाली क्षेत्रमा पत्रकारलाई निरानामा राखी भई रहेको आक्रमणको विरोध गर्दै कैलालीका पत्रकारहरु आन्दोलित भएका छन् ।
समाचार छाँपेको वा प्रकाशन गरेकै भरमा पत्रकारलाई निशाना बनाउने प्रबृत्तिको विरोध गदै पत्रकारहरु आन्दोलित भएका हुन् । केहि दिन अघि मात्र दिनेश संचार गृहमा नै प्रबेश गरेर केहि युवाहरुले गुड्डागिरी शैलिमा गरेको आग्रमणले प्रेश स्वतन्त्रता माथी ठाडो चुनौति दिएको छ ।
संचारगृहमा प्रबेश गरि आक्रमण गर्नेहरुका नाममा किटानी जाहेरी दिदा समेत कैलाली प्रहरीले अहिले सम्म कुनै भुमिका देखाएका छैन । सोहि विषयको विरोध गदै आज कैलालीको स्थानिय प्रशासनमा पत्रकारहरुले धर्ना दिएका छन् ।