डोटी / सोमबार विहान १० बजे सेती नदिमा बगेकी महिलाको अबस्था अझै पत्ता लाग्न सकेको छैन ।
शिखर नगरपालिका बडा नं. ६ कोट बस्ने अन्दाजी ३२ बर्षिया तुलसी बलायर महिला पानी लिनका लागी सेति नदिमा गएकी थिईन् । नदिबाट पानी ल्याउने क्रममा नदिमा बगेर बेपत्ता भएकी बलायरको अबस्थाको बारेमा अझै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले बताए ।
नेपाल प्रहरी सशस्त्र प्रहरी स्थानिय सहतिको टोलीले महिलाको अबस्था पत्ता लगाउनका लागी सेती नदिका विभिन्न स्थानहरुमा खोजी कार्य जारी राखेको भए पनि अहिले सम्म कुनै अबस्था पत्ता नलागेको हो । प्रहरी शिखर नगरपालिका, दिपालय सिलगढी नगरपालिका क्षेत्रका साथै नारी दांग क्षेत्रमा समेत खोजी कार्य थालनी राखेको निरिक्षक बोहराको भनाई छ ।