सन्दर्भ एमसीसी बारे नेकपाको निर्णयस् औकात भुलेको निर्णयको भाषा जस्तो पो महशुसभयो । एमसीसी सम्झौता दुई पक्ष बिचको सम्झौता हो ।
कुनै पनि सुधार वा थप घट दुवै पक्षको सहमतिमा हुनु पर्ने सामान्य प्रकृया हो । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट हुने समझौता होइन । प्रकृया अनुसार मतमा ह्वीपजारी गर्लान, अर्कै बिषय र सन्दर्भ हुनेछ । राष्ट्रहीतको निर्णय भएको छ भने हिम्मत गरी बुँदागत संशोधनका विषय वस्तुहरू खुला होस, नागरिकहरूको साथ समर्थ पाइने छ । नेपाल र नेपालीको राष्ट्रिय स्वाधीनता का वर्खिलापका हुने कुनै पनि सम्झौता स्वीकार्य हुने छैन । के कस्ता विशेबस्तुहरु नेपालको हितमा नभएका बारे धेरै विज्ञहरू तथा म पंक्तिकारले समेत लेख र अन्तरवार्ता मार्फत राखी सकेकोले यहाँ पुनरावृत्ति गरिएका छैनन्।
“एम सी सी को हकमा यसलाइ आवश्यकतानुसार संशोधन र परिमार्जन गर्ने गरेर अनुमोदन गर्ने निर्णय निकालेको छ । ” भन्ने ब्यहोरा उप प्रधानमन्त्री भै सकेका हालका मा। सभासद तथा प्रवक्ता नारायण काजी श्रेष्ठजीले आम जानकारी गराउदा देशको सरकार चलाएका पार्टीको निर्णयको भाषाले औकात भुलेको र अलमलमा पारेको महुश हुन्छ ।
भाषा मात्र होईन माननीय भिम रावलजीले समेत पास गर्ने निर्णय नभएको खुलासा गरिरहेका छन । स्मरणा रहोस, नेपालमा सवैदलले राजनीति गरे तर नेपाल र नेपालीका हकहीतमा गरेनन । हुनुनहुनु सवै भए । राष्ट्रियताको खोल ओडेर जनतालाइ अलमलाएर विदेशी शक्तीका गोठी वन्ने मूल्यहीन राजनीति र अनुत्तरदायी नेता भनौदाहरूको पहिचानको घडी हो । नेपाली युवाहरू सजग र तयारी भएर वसौ ।
यदि अर्को पक्षको समर्थन लिएका छन र नेपालका हितमा छन भने मेरो टिप्पणी क्षमायाचना सहित फिर्ता लिनेछु ।