युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

रामहरि ओझा, डोटी । जिल्लामा नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । यहाँ एमालेको जिल्ला अधिवेशन आगामी चैत २ र ३ गते हुँदैछ ।

एमाले जिल्ला कमिटी सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख झलक पालीका अनुसार नवौं अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्ष चक्र मल्लको नेतृत्वमा अधिवेशन मूल आयोजक कमिटी गठन गरिएको छ ।

यस्तै प्रचारप्रसार, आर्थिक, यातायात, मञ्च व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, सांस्कृतिक, अतिथि सत्कार, स्वयंसेवक परिचालनलगायतका विभिन्न उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरिएको उनको भनाइ छ ।

अधिवेशनस्थलका रूपमा राजपुरलाई तोकिएको एमाले डोटीले जनाएको छ । अधिवेशनमा करिब ४०० प्रतिनिधिले भाग लिने जिल्ला सचिव शेरबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार खुलातर्फ ३० संगठित सदस्य बराबर एक र समावेशीतर्फ २० संगठित सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने गरी मापदण्ड बनेको छ । तीन जनासम्म प्रतिनिधिमा कम्तीमा एक र पाँच जनासम्ममा कम्तीमा दुई जना महिला प्रतिनिधि हुनुपर्ने मल्लले बताए ।

उनका अनुसार प्रत्येक जनसंगठनबाट तीन जना प्रतिनिधि आउनेछन् । ‘जिल्ला कमिटीलाई बुझाउनुपर्ने दायित्व र लेवी नबुझाएका व्यक्ति प्रतिनिधि हुन पाउने छैनन्’, सचिव मल्लले भने, ‘खुलातर्फका प्रतिनिधिहरुले एक हजार र समावेशीतर्फका प्रतिनिधिले पाँच सय रुपैयाँ प्रतिनिधि शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।’

को को छन् अध्यक्ष पदका आकांक्षी ?

अधिवेशनको तयारीसँगै नेतृत्वमा पनि चर्चा हुन थालेको छ । हालसम्म अध्यक्षमा पाँच जनाको नाम चर्चामा आएको छ । अध्यक्षका आकांक्षी बढ्न सक्ने बताइएको छ । हालसम्म वर्तमान जिल्ला उपाध्यक्ष मञ्जु मलासी, पूर्वअध्यक्ष नारद मलासी, जिल्ला सचिव शेरबहादुर मल्ल, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदमराज भट्ट र जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण मलासीको नाम चर्चामा छ ।

दिपायल सिलगढी नगरपालिकाका पूर्वमेयर मञ्जु आफूले पार्टीको उपाध्यक्ष भई काम गरिसकेको हुँदा अध्यक्षमा आफ्नो स्वाभाविक दाबी रहेको बताउँछिन् ।

उनले जिल्ला अध्यक्षका लागि आफू एक्लो महिला उम्मेदवार भएको बताइन् ।

सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान सदस्य नारद मलासी आफूले एक पटक सफल रुपमा पार्टीको नेतृत्व गरेको र सो अनुभवले पार्टीलाई थप उचाइमा लैजान सहयोग पुग्ने दाबी गरे ।

अध्यक्षका अर्का दावेदार शेरबहादुर पार्टीको नेतृत्व युवाको हातमा आउनुपर्ने माग सबैतिर बढेकोले आफ्नो उम्मेदवार स्वाभाविक रहेको बताउँछन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदमराज पनि आफ्नो दाबीलाई स्वाभाविक मान्छन् । भारत प्रवासमा हुँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका भन्दै उनले भट्ट पार्टीमा जिल्लाको नेतृत्व गरेर संगठन परिचालन गर्ने इच्छा रहेको बताए ।

अर्का दावेदार लक्ष्मण मलासीले नेकपा विभाजनपछि बनेको समानान्तर कमिटीमा सचिव पदको जिम्मेवारी सम्हालेका थिए । उनी २०७९ साल बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट दिपायल सिलगढी नगरपालिका मेयर उम्मेदवार थिए ।

एमाले विधानअनुसार जिल्ला कमिटी पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय