
दिपायल / डोटीको मुख्यबजार क्षेत्रको रुपमा रहेको पिपल्ला बजारमा आगलागी भएको छ । विद्युतलाईन सट हुदाँ आगलागी भएको डोटी प्रहरीले जानकारी दिएको छ ।
दिपालय सिलगढी नगरपालिका बडा नं.४ मा पर्ने पिपल्ला बजारमा रहेको न्यु चाँद ट्रेडर्सको कपडा गोदाममा आईतबार दिउसो २ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण वहादुर बोहराले जानकारी दिए ।
पसलका संचालक महोमद आरिफ गोदाममा करिब २० मिनेट जति आगलागी हुदाँ गोदाममा रहेका कपडा, सिरक, डसिना, पल्याकवोर्ड लगायतका सामाग्रीहरु नष्ट हुदाँ अनुमानित २ लाख बराबरको क्षेति भएको निरिक्षक वोहराले बताए । स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको डोटी प्रहरीले जनाएको छ ।