मनमाेहन ठकेल्ला, डाेटी / बुधबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भू-स्वर्गका नामले परिचित अर्थात् खप्तडकाे प्रवेशद्वार डाेटीकाे झिग्रानामा हिउँ परेकाे छ । उक्त क्षेत्रमा हिउँ परेर सेताम्मे भएसँगै स्थानीय र व्यापारीहरू रमाइरहेका छन् ।
हिजाे बिहीबार बिहानैदेखि उक्त क्षेत्रमा हिमपात शुरु भएको हाे । हिउँ परेपछि उक्त क्षेत्रकाे वातावरण रमणीय देखिएसँगै आन्तरिक पर्यटकहरू घुइँचो लाग्ने गरेकाे स्थानीयले बताएका छन् ।
तस्बिर: दिपक बहादुर खड्का र मिनराज ओझा









वातावरण फरक तस्बिर गैरागाउँ तस्बिर: हरि बाेहरा
सम्बन्धित समाचार :
पर्यटकीयस्थल खप्तडमा हिमपात, लामाे समयपछि पानी पर्दा किसानहरू हर्षित











