सिलगढी / हाल नेपालमा पश्चिमी वायुकाे आंशिक प्रभाव कायम रहेकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागको मौसम भने समान्यत सफा रहने छ।
त्यस्तै तराई भू–भागका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । गएरातीदेखि सुदुरपश्चिमका अधिकांश भूभागमा हल्का वर्ष भैरहेकाे छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।
राती सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहनेछ ।











