कैलाली / बझाङका एक पुरूषले सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउद विरुध्द प्रहरीमा उजुरी दिएका छन् ।
बझाङ जिल्लाकाे बुंगल नगरपालिका वडा नम्बर १ का धनबहादुर बोहराले मन्त्रीले केही समयअघि ऋण लगेको तर बारम्बार फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत उजुरी दिएकाे कैलाली प्रहरीले जनाएको छ ।
मन्त्री साउदले उजुरी आएकोबारे आफूलाई कुनै जानकारी नभएको जिकिर गरेकाछन् । मन्त्री साउदले थपेकाछन् “मेरो कारोबार भएको छैन, मलाई उजुरीबारे जानकारी पनि छैन, म यो विषयमा बुझ्दैछु ।”
त्यस्तै गत सनिवार मात्रै सुदुरपश्तिम प्रदेशका माओवादी केन्द्रकाे काेटाबाट सहभागी उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री यीनै साउँद र राज्यमन्त्री गीतादेवी माललाई जनताकाे इच्छा अनुसार काम गर्न नसकेकाे भन्दै हटाउने तयारी भनेर विभिन्न सञ्चार माध्यमले खबर छापेका थिए ।











