युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / पछिल्लाे समय नेकपा माओवादी डाेटीका नेता कार्यकर्ता सामाजिक उत्तरदायित्व पूरा गर्ने अभियानमा जुटेका छन् । उनिहरुकाे अभियानमा उक्त पाटीका प्रदेश कमिटी सदस्य खगेन्द्र साउद (केवि) नेतृत्वदायि भुमिकामा देखिन थालेका छन् ।

गएकाे असाेज ३१ गते देखि परेकाे अबिरल बर्षाका कारण डाेटीमा कराेडाैकाे धनजनकाे क्षेती हुन पुगेकाे छ भने कतिपय असहाय बनेका छन् । कतिपय आफन्तकहाँ आश्रय लिन पुगेकाे समयमा डाेटी माओवादीले त्यस्ता परिवार र परिवारका सदस्यहरुकाे घाउमा सामाजिक उत्तरदायित्व पूरा गर्ने उदेश्यका साथ मलमपट्टी गर्न थालेकाे हाे ।

सामाजिक उत्तरदायित्व पूरा गर्ने अभियानका क्रममा नेता साउदकाे नेतृत्वमा दिपायल सिलगढी नगरपालिका वडा न.३ खोली खैरतोला बस्ने चन्द्र बहादुर साउदकाे घर ममर्त गरिएकाे छ । बर्षाका कारण घरमा बस्न नमिल्ने भएपछि असहाय भएका चन्द्र वहादुरकाे परिवार आफन्तकहाँ आश्रय लिई बस्दै आएकाे सुचना पाए संगै नेता साउद नेतृत्वकाे टाेलीले आज आईतवार घरमर्मत गरेकाे उक्त पाटीका नेता तेज डुम्रेलले बताएका छन् ।

बर्षाका कारण चन्द्र वहादुरकाे घरभित्र नै पानीकाे मुहान फुटेकाे थियाे भने घर मर्मत गर्न न पुजी थियाे न त पाैरखी हातहरु थिए । एकल असहाय परिवारकाे उचित बासकाे प्रबन्ध मिलाउनु आफुहरुकाे दायित्व भएकाे भन्दै नेता केवि साउदकाे नेतृत्वमा नगरक्षेत्रका नेता कार्यकर्ता, वाईसियल कमिटीकाे पुर्ण श्रमदान र नेता साउदकाे आर्थिक सहयाेगमा घर मर्मत गरिएकाे नेता डुम्रेलले बताए । डुम्रेलले भने- “प्रदेश कमिटी सदस्य केवि साउदले चन्द्र वहादुरकाे परिवारलाई त्रिपाल, न्यानाे ओड्ने कपडा समेत सहयाेग गर्नु भएकाे छ ।”

राजनिति क्षेत्रमा आउनु भन्दा १० बर्ष पहिले देखि नै नेता साउद हरेक बर्ष ३०० दिपायल सिलगढी नगरपालिका क्षेत्रका असहाय, गरिब, एक महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई जाडाे समयमा न्यानाे कपडा वितरण गर्दै आएकाे थिए । त्यस्तै साउदले नगरक्षेत्रका विद्यालयहरुमा एक लाख रुपैया बराबरकाे अक्षयकाेष स्थापना गरि सकेका छन् ।

सामाजिक क्षेत्रबाट राजनितिमा प्रबेश गरेका नेता केवि साउदकाे नेतृत्वकाे टिमले बाडी पहिराेका कारण मानिस हिड्नै नमिल्ने भएका बाटाे सिलगढी पाकरी सड्कमा मानिस हिड्न मिल्ने गरि अस्थायी रुपमा मर्मत गरेकाे थियाे । त्यस्तै दिपायल पुल बजार नजिककाे बाटाे मर्मत गरेकाे थियाे ।

आफ्नाे घर मर्मत भए संगै खुशी हुँदै चन्द्र वहादुर दम्पतीले नेता साउद सहितकाे टाेलीलाई धन्यवाद दिएका छन् । मर्मत कार्य सके लगतै चन्द्र वहादुरकाे आँसु पुस्दै नेता साउदले भने- “हामीलाई अरु कुनै स्वार्थ छैन जनताकाे सहयाेग गर्न पाए हुन्छ, मेरा क्षेमताले भ्याउने हरेक सहयाेग म तत्कालै गर्न तयार छु, साथीभाईले सहयाेग पनि गर्नु भएकाे छ, मलाई केही दिनु पर्दैन, सेवा गर्न पाउने आशिष दिनु हाेस् ।” पछिल्लाे समय नेता साउद स्थापित नेताका रुपम अघाडी आउन थालेकाे कतिपयले अड्कल काटेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय