कैलाली / सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको कोटाबाट सहभागी मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाउने तयारी भएको छ।
सुदुरपश्तिम प्रदेशका अनुसार उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र राज्यमन्त्री गीतादेवी माललाई फिर्ता बोलाउने तयारी भएको छ ।
माओवादीका एक प्रदेश सभा सदस्यका अनुसार उनीहरू तीनैजनाले जनताकाे अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै फिर्ता बोलाउन आन्तरिक गृहकार्य भइरहेको बताए । ती सदस्यका अनुसार माओवादीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउन घनिभुत रुपमा छलफल जारी छ।
हिजो (शुक्रबार) मात्रै सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको थियाे ।











