युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
बाढि पहिराेका कारण डाेटीमा १३ काे मृत्यु | डोटीले जित्यो प्रदेश स्तरिय भलविल प्रतियोगीता | प्रदेशस्तरिय भलिवल जितको नजिक डोटी | समाज सेवा डोटीको बार्षिकोत्सव सम्पन्न, धनगोपाल अक्षयकोष स्थापन | एमालेकाे सूर्य चिन्ह परिवर्तन, यस्ताे बन्ने भाे चिन्ह | अखिल क्रान्तिकारीमा नयाँ ईतिहास, पहिलो महिला अध्यक्ष बनीन् सिंह | पुरानैशैलीमा समाज सेवा डोटी, ३१ औ वार्षिकत्सब भव्य तयारी | डाेटीमा बाबुकाे नागरिकता नभएकाे भन्दै तीन दिन पछि सेवाग्राहि महिला रितै हात फिर्ता | डाेटीका सरकारी कार्यालयमा विप्लवले टास्याे चुच्चे नक्सा, भुमि फिर्ता लिएरै छाड्ने उद्घाेष | डाेटीमा ३ बर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा १७ बर्षिया किसाेर पक्राउ |

डोटीको सबै भन्दा पुरानो गैरसरकारी संस्थाको पहिचान बनाएको समाज सेवा डोटीको ३१ औँ बार्षिकोत्सब सम्पन्न भएको छ । बार्षिकोत्सवको अबशर पारी असाय व्यक्तिहरुको सहयोगका लागी धनगोपाल असहाय अक्षकोष स्थापन गरिएको छ ।

जिल्लाको दिपालय सिलगढी नगरपालिका बडा नं. ६ जगेडाबारी टोल बस्ने स्वर्गिय गोपाल प्रसाद जोशी र स्वर्गिय धनकुमारी जोशीको स्मृतिमा उहाँहरुको सन्तानले समाज सेवा डोटीमा असहाय व्यक्तिहरुको सहयोगका लागी अक्षयकोष स्थापना गरेको उक्त संस्थाका अध्यक्ष विजयराज मल्ल श्रेष्ठले बताए ।

धनगोपाल अक्षयकोषको मुलधन अन्य कार्यकालागी प्रयोग गर्न नपाईने सो बाट प्राप्त हुने व्याज वापतको रकमले संस्थाको सम्पर्कमा आउने असहाय व्यक्तिहरुको औषधी उपचारका लागी खर्च गरिने गरि बुबा गोपाल प्रसाद जोशी र आमा धनकुमारी जोशीको स्मृतिलाई जिवन्त राख्नका लागी कोष स्थापना गरिएको अक्षयकोषका प्रतिनिधि सच्चिदानन्द जोशीले बताए ।

सामाजिक भावनाका साथ स्थापना भएको उक्त संस्थाले आफ्नो ३१ बर्ष पुरा गरि ३२ बर्षमा प्रबेश गरेको खुशीयालीमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै साप्ताहिक रुपमा बार्षिकोत्सब सम्पन्न गरेको हो ।

गत शनिबार देखी सुरु भएको कार्यक्रम एक औपचारीक कार्यक्रमका विच २३ गते शनिबार सम्पन्न भएको हो । बार्षिकोत्सब कार्यक्रमलाई औपचारीक रुपमा सम्पन्न गरेको संस्थाका महासचिब सुनिल सुरीले बताए । बार्षिकोत्सबको अबशरमा भ्यागुत्ते डौड, म्युजिकल चेयर, छात्राहरुको छोडो डौड, हाजिरी जवाफ प्रतियोगिता, घैटो फुटाउने खेल लगायतका खेलहरुको अयोजना गरिएको र सो खेलहरुमा प्रथम द्धितिय र तृतिय स्थान हासिल गर्ने सहभागीहरुलाई प्रमाणपत्र सहित पुरुस्कार वितरण गरिएको महासचिब सुरीले बताए ।

संस्थाको बार्षिकोत्सबको अबशरमा शनिबार खुला रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको उक्त संस्थाले जनाएको छ । खुला रक्तदान कार्यक्रममा संस्थाका कोषाध्यक्ष प्रमिसा श्रेष्ठ, सदस्य दिपेन मल्ल श्रेष्ठ, रविन मल्ल श्रेष्ठ, आशा श्रेष्ठ, अजय गौतमले रक्तदान गरेको र अन्य सदस्यहरुको रगतग्रुपिङ्ग गरिएको संस्थाका कर्मचारी कृष्णप्रसाद श्रेष्ठले बताए ।

समाज सेवा डोटीको अध्यक्ष विजयराज मल्ल श्रेष्ठको सभापतित्व र दिपालय सिलगढी नगरपालिकाका नगरप्रमुख मन्जु मलासीको प्रमुख आतिथ्यमा औपचारीक रुपमा कार्यक्रम सम्पन्न भएको हो । डोटीका प्रमुख जिल्ला अधिकारी शंकर वहादुर विष्टको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा डोटीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक दान वहादुर मल्ल, नेकपा एमालेका अध्यक्ष चक्र वहादुर मल्ल, नेपाली काग्रेशका नेता शुशिल घर्ती, नेकपाका नेता कृष्ण वहादुर वोहराका साथै विभिन्न गैर सरकारी संस्था, पत्रकारहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय