युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकता राखेर काम गर्नु पर्ने बताउनु भएको छ ।

आज (साेमबार) डोटी जिल्लाकाे सदरमुकाम सिलगढीमा नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको जिल्ला कमिटीको १२ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले वैकल्पिक राजमार्ग मात्रै बनाउन सके समग्र सुदूरपश्चिमको विकासमा काया पलट हुने बताउनु भएकाे छ । उहाँले भन्नुभयो, “धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने वैकल्पिक राजमार्ग मात्रै बनाउन सके हाम्रो प्रदेशका विकासले ठूलो फड्को मार्ने छ, यो नेपाल, भारत र चिन जोड्ने मार्ग भएकाले पनि यस्को निर्माण गर्न अति जरुरी छ ।”

सोही बैठकका प्रमुख अतिथी समेत रहनुभएका पूर्वमन्त्री तथा सांसद आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने आश्वासन समेत दिनु भएकाे छ । यहाँका अन्य राजमार्गको तुलनामा उक्त राजमार्ग सबैभन्दा छोटो दुरीको भएको र यस राजमार्गको निर्माण गर्न सके यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटकहरु भित्र्याउन निकै सहज हुने विश्वास व्यक्त गर्नु भएकाे छ ।

यसैगरी उहाँले उक्त वैकल्पिक राजमार्गका विभिन्न ठाउँहरुमा पुल निर्माणका कार्यहरु अगाडि बढाएको जानकारी दिनु हुँदै उहाँले भन्नुभयो, “डोटीको विकासका लागि म सधैँ अग्रसर छु, मेरो कार्यकालसम्म जिल्लाको मुहार फेरीने गरी विकासका कामहरु गर्ने छु ।” जिल्लामा गर्नु पर्ने विकास निर्माणका कामहरुका विषयमा आफूलाई लिखित तथा मौखिक रुपमा पनि जानकारी गराउन समेत उहाँले जिल्लावासीमा आग्रह समेत गर्नुभएकाे छ ।

“विकासका काममा राजनीति गर्नु हुँदैन, सबै मिलेर जिल्लाको विकासमा लाग्ने हो, कुन ठाउँमा के काम गर्नु पर्छ मलाई लिखित तथा मौखिक रुपमा भन्नु होला, म काम गरेर देखाउछु ।” उहाँले भन्नुभयो । धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने वैकल्पिक राजमार्ग मात्रै बनाउन सके हामीलाई चिनको ताक्लाकोट जान र चिनका पर्यटक नेपाल ल्याउन निकै सहज हुने भएकाले चिन तथा भारत देशका पर्यटकहरु हाम्रो सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा ल्याउन निकै सहज हुने र यहाँको विकासमा कायापलट हुने उहाँको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय